सरकारले गाईजात्रा र कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ३ गते बिहिवार

काठमाडौं :  सरकारले गाईजात्रा पर्व र कृष्ण जन्माष्टमीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्रा पर्वमा नेवार समुदायका लागि देशैभर र भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार