नेपालमा थप ३०७५ जनाको कोरोना पुष्टि, २१२६ जना मुक्त, ३३ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ३ गते बिहिवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ जनाको एन्टीजेनबाट परीक्षण गर्दा ७५४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय २६ जना कोरोना मुक्त भएका छन्। त्यस्तै देशभर ४० हजार ५०० सक्रिय सङ्क्रमितहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार