फाइल तस्बिर
नवलपरासी पूर्व : मध्यबिन्दु नगरपालिका १० अधेरी खोलास्थित सडकबाट १ थान एकनाले भरुवा बन्दुक, १८ थान शिशा को गोली, ५४ ग्राम बारुद र १६ थान पटका सहित सोही नगरपालिका पोखरी ताल बस्ने ४२ वर्षीय दल बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु २८ प ५४४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस