माधव नेपालले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो : पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ३ गते बिहिवार

फाइल तस्बिर

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माधव नेपालले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष रहेको बताएका छन् । नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गरेका नेपालले नयाँ पार्टी खोल्नु दुःखद पक्ष रहेको बताएका छन् ।  एमालेका लुम्बिनी प्रदेशका इन्चार्ज समेत रहेको पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको बताएका छन् । उनले पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभई अघि बढ्नु सिंगो पार्टी पङ्क्तिको कर्तव्य रहेको पनि समेत बताएका छन  ।

उनले भनेका छन्,‘ झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको वाट छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिवद्ध छ । पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि वढ्नु सिंगो पार्टी पङ्क्तिको कर्तव्य हो । विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार