बाँकेको खजुरा क्याम्पसमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १ गते मङ्गलवार

बाँके :  बाँकेको खजुरा क्याम्पसमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ । बाँकेको खजुरी गाउँपालिका ३ खजुरा बजारस्थित खजुरा क्याम्पसमा विद्युतको तार सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले जनाएको छ ।  आगोलाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।  साथै घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार