अमेरिका पठाइदिन्छु भनि ठगी गर्ने पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १ गते मङ्गलवार


काठमाडौं :  अमेरिका पठाइ दिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ तीनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका ९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पाँचथर तुम्बेवा गाउँपालिका ५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइ दिन्छु भनी प्रलोभनमा पारी उक्त रकम ठगी गरी सम्पर्क विहीन भएको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा अर्जुनधारा नगरपालिका ५ शान्ति चोकबाट पक्राउ गरेको छ ।  उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार