निगरानी समुह तथा मेलमिलाप कर्ताले न्याय र शान्ति स्थापनाका लागि काम गर्ने 

Author Logo..
तीर्थराज ज्ञवाली २०७८ साउन ३२ गते सोमवार

देउखुरी दाङ : राप्ती गाउँपालिकामा निगरानी समुह तथा मेलमिलाप कर्ताहरूको बैठकले समाजमा देखापर्ने विकृति विसंगति विरुद्ध आवाज उठाउँदै न्याय र शान्ति स्थापनाका लागि काम गर्दै जाने निर्णय गरेको छ ।  गाउँपालिकाका ९ वटै वडाका निगरानी समुहका संयोजक तथा वडा नं १ र ४ का मेलमिलाप संयोजकहरू सहभागिता भएको बैठकले यस आर्थिक वर्षमा समुहले गरेका कार्य प्रगतिको समीक्षा गर्दै न्याय र शान्ति स्थापनाका लागि थप काम गर्दै जाने प्रतिबद्धता जनाउनु भएको हो । गाउँपालिका न्यायिक समिति संयोजक तथा उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको बैठकमा न्यायिक समिति सदस्य तारा बहादुर डिसी र विद्याशरण चौधरीले समाजमा देखा परेका विकृति विसंगति को अवस्था चित्रण गर्दै निगरानी समुह तथा मेलमिलाप कर्ताको जिम्मेवारी बारे जानकारी गराएका थिए ।

 गाउँपालिका महिला बालकालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा बसेको बैठकमा वडा नं १ देखी ८ सम्मका निगरानी समुहका संयोजकहरू गौमाया केसी, मेनुका शर्मा, शारदा भण्डारी, गौरा जैसी, कमला रेग्मी, गीता चौधरी, यशोदा चौधरी, सीता चौधरी तथा मेलमिलाप कर्ता हस्त बहादुर गुरुङ, तुलसा गिरी, मसुरिया प्रहरी प्रमुख  कर्ण बहादुर शाही, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक जीवन कुमारी जिसी, कल्पना खनालले यस आर्थिक वर्षमा समुहले गरेका कार्य प्रगति प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार