तुलसीपुरमा  कोरोना सङ्क्रमणबाट  थप एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ साउन ३० गते शनिवार

दाङ : कोरोना सङ्क्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ । बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचाररत तुलसीपुर ६ का ७२ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो । अस्पतालमा साउन २७ गतेदेखि आइसीयु उपचार गराइरहेकी महिलाको बिहान साढे ४ बजेतिर निधन भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । उनलाई कोरोनासँगै निमोनिया र श्वासप्रश्वासको समस्या रहेको थियो । यससँगै दाङमा वैशाखयता कोरोना सङ्क्रमणबाट २१० जनाको मृत्यु भएको छ । बेलझुण्डी कोरोना विषेश अस्पतालमा अहिले ९ जना आइसीयुमा उपचाररत रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार