भालुबाङमा निःशुल्क आँखा उपचार सुरु 

Author Logo..
तीर्थराज ज्ञवाली २०७८ साउन २९ गते शुक्रवार

 

देउखुरी दाङ :  राप्ती गाउँपालिका वडा नं १ को कार्यालयमा हरेक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सुरु भएको छ ।  लमही स्थित नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशेषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाइएको वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिए ।  हरेक महिना को अन्तिम शनिबार निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुन गइरहेको बेलैमा आँखाका बिरामीहरूले सम्पर्क गरी उपचार गराउन  सबैमा अनुरोध गरेका छन् ।  महिनाको अन्तिम शनिवार उपलब्ध हुने सेवाहरूमा आँखा जाँच, चस्मा जाँच, चस्मा तथा औषधि, माइनर अप्रेसन तथा अन्य सेवाहरू रहेको बताईएको छ ।  यो साउन महिनाको अन्तिम शनिवार यही ३० गते परेकोले आँखाका बिरामीहरूले वडा नं १ का कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार