डाँगी मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २९ गते शुक्रवार

बुटवल  : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गरेका छन् । बिहीबार मुख्यमन्त्री र मन्त्रीहरुको सपथ ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । डाँगीलाई सहायक राज्यमन्त्री स्तरको सेवा सुविधा प्रदान गरिने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बताइएको छ । एमालेका सांसद रहेका डाँगीले गएको बैशाख २२ गते सांसद पदबाट राजीनामा दिएका थिए । डाँगी दाङ क्षेत्र नं।२ ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार