जुम्लामा भालुले आक्रमण गर्दा दुई जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २८ गते बिहिवार

फाइल तस्बिर

जुम्ला : जुम्ला सदरमुकाम खलंगा बजारमा आज बिहान एक भालुले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेपछि भालुले आक्रमण गरेको प्रत्यक्षदर्शी देबेन्द्र कार्कीले नासोलाई जानकारी दिए । भालुको आक्रमण बाट एक दम्पती परिवार घाइते भएका हुन् । खलंगा बजारमा व्यवसाय गर्दै आएका हेमराज रोकाया र उनकी धर्मपन्ती निर्मला रोकाया भालुको आक्रमण बाट घाइते भएको प्रत्यक्षदर्शी कार्किले बताए । घाइते दुबैको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घाइते निर्मला रोकायको अनुहारमा चोटपटक लागेको छ भने हेमराजको टाउको र ढाडमा चोट लागेको कार्किले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार