नेपालमा थप ४९०४ जना संक्रमित थपिए,२११५ मुक्त, ३५ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २६ गते मङ्गलवार

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण पुष्टि भएको हो, भने एन्टिजेन विधिबाट ५ हजार ९०६ जनाको परीक्षण गर्दा १ हजार ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन् । यो सहित देशभर निको हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ । त्यस्तै थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित देशभर मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ । साथै, दशेभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार