दाङमा ग्वारखोलाले बगाउँदा आमा छोराको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २५ गते सोमवार

                   फाइल तस्बिर

दाङ :  दाङमा खोलाले बगाउँदा आमा छोरोको मृत्यु भएको छ । सोमबार दिउँसो ग्वारखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका ४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनको २ वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर १९ पतेनीमा माइत जाने क्रममा दिउँसो करिब २ बजेतिर ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । त्यस्तै तुलसीपुरको पातुखोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ८ टिकरीका ४५ वर्षीय चुलुवा चौधरी पातुखोलामा मृत फेला परेका हुन् । चौधरी गएराती पातुखोलामा नुहाउन गएका थिए । नुहाउन गएको ठाउँभन्दा करिब १ सय ५० मिटर दक्षिण तर्फ उनको शव राती नै फेला परेको थियो । नुहाउने क्रममा पातुखोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । मृतक चौधरीको शवलाई पोस्टमार्टम पछि आफन्तीले बुझिलिएको प्रहरीले जनाएको छ । घटनाको बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार