वर्तमान गठबन्धन सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २४ गते आइतवार

काठमाडौं : वर्तमान गठबन्धन सरकारका प्राथमिकता, नीति र कार्यक्रम आइतबार सार्वजनिक गरिएको छ।  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ। यस्तै सरकारको नीति र कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाबिपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको संवर्द्धन, संघीयता कार्यान्वयनको सवाल, शान्ति सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय रहेका छन्। कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए। प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्ने, लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकसँग समाधान हुन बाँकी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने उल्लेख छ। त्यस्तै अघिल्लो सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्ने पनि साझा कार्यक्रममा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार