तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखियो, अत्यावश्यक नपरेर बाहिर ननिस्कौं : प्रधानमन्त्री देउवा

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २३ गते शनिवार

 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएको भन्दै अत्यावश्यक काम नपरेर बाहिर ननिस्कन अनुरोध गरेका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा मास्क लगाउन, भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नसमेत आग्रह गरेका हुन्। म​हामारी नियन्त्रण गर्ने सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएकाले भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए। कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने प्रभावकारी माध्यम खोप रहेको भन्दै उनले खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन्। यस्तै प्रधानमन्त्री देउवाले राजनीतिक दल, निजी क्षेत्र र गैर सरकारी संस्थाहरुलाई भिडभाड हुने गतिविधि नगर्न पनि आग्रह गरेका छन्। ‘मलाई पूर्ण विश्वास छ, हामी सबैको साझा प्रयासले छिट्टै महामारी नियन्त्रणमा सफल हुनेछौं।’ देउवाले भिडियो सन्देशमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार