माधव नेपालले आज ‘कलम पार्टी’ घोषणा गर्दै : गोकुल बाँस्कोटा

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २० गते बुधवार

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले बरिष्ठ नेता माधवकुमार नेपालले बुधबार नयाँ पार्टी घोषण गर्ने दाबी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालले बुधबार केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ दावी गरेका छन् ।  नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ । बाँस्कोटाले मंगलबार साँझ ट्विटरमा लेखेका छन्– ‘क्वलीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार