दाङ : तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको निर्देशनमा सडक ग्राभेल गरिएको छ । ढकना– फूलबारी जोड्ने सडक बर्सातका कारण हिलाम्य हुँदा आवतजावतमा समस्या भएपछि नगर प्रमुखको निर्देशनमा त्यहाँ ग्राभेल गरिएको हो । बिहानै देखि नगरपालिकाका जेसिबी, टिपर प्रयोग गरेर जीर्ण सडक मर्मत तथा ग्राभेल गरिएको तुलसीपुर उपमहानगरपालिका– १३ स्थानीय युवा मोहन पौडेलले जानकारी दिए । यस मर्मतपछि १२ र १३ नम्बर वडाका स्थानीयलाई आवतजावत गर्न सहज हुने भएको छ । यसै बिच आजै नगर प्रमुख पाण्डेको नेतृत्वमा सो सडक खण्डको अनुगमन गरिएको छ । अनुगमन टोलीमा तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता श्याम डाँगी, १३ नम्बर वडाका निमित्त वडा अध्यक्ष विनोद पाण्डे, यान्त्रिक शाखा प्रमुख केशव डाँगी, मेयरको सचिवालय सदस्य धर्मराज वली लगायतको सहभागिता रहेको थियो ।