सांसद पदमुक्त भएका लुम्बिनी प्रदेशका ३ मन्त्री सर्वोच्च जाने

Author Logo..
अनलाइन राप्ती २०७८ साउन १६ गते शनिवार

 

फाइल तस्बिर

काठमाडौं  : सांसद पदमुक्त भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको निर्णयविरुद्ध शंकर पाखरेल नेतृत्वको सरकारमा मन्त्री बनेको भन्दै जसपाले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सचिवालयले शुक्रबार तीन मन्त्रीको सांसद पद खारेज गरिएको सूचना जारी गरेको थियो ।मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा रहेका जसपाका मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेयले आफ्नो पद यथावत हुनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत जान लागेका हुन् । यसअघि कारबाहीको मुद्धा सर्वोच्चमा बिचाराधीन रहँदारहँदै पनि पार्टीले कारबाही गर्नु अदालतको मानहानी भएको उनीहरुको दाबी छ ।

अन्तिम फैसला नआउन्जेल गरिएको कारवाही अवैधानिक रहने भएकाले सांसद पद थमौतीका लागि परमादेश माग गर्दै अदालत जाने उनीहरुको तयारी छ । यसअघि पनि जसपाले उनीहरुलाई कारबाही गर्दै बैशाख १६ गते सांसद पदमुक्त गरेको थियो तर उनी सर्वोच्च गएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरुको पद थमौती गरिदिएको थियो । सोही मुद्दामा उनीहरुलाई सर्वोच्च अदालतले भदौ १७ गतेको बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार