गुल्मीमा जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु ,७ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७८ साउन १३ गते बुधवार

गुल्मी : गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएकाहरु मध्ये २ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा चन्द्रकोट गाउँपालिका  ४ का तेजेन्द्र थापा र चन्द्रकोट ५ हरेवाका रेशम कार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए । मृतक १ जना महिलाको सनाखत हुनबाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार