दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ साउन १२ गते मङ्गलवार


दाङ :  दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यानका करिब ३५ वर्षीय चुडामणि भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । घोराही– तुलसीपुर सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर भण्डारीको मंगलबार बिहान मृत्यु भएको हो । चारलेन सडक निर्माणको क्रममा ह्युमपाइप राख्नको लागि खनिएको खाल्डोमा भण्डारी सवार रा ६ प ७२५ नम्बरको मोटरसाइकल उक्त खाल्डोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार