राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु

Author Logo..
अनलाइन राप्ती २०७८ साउन १० गते आइतवार


दाङ : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा.डा. सङ्गीता भण्डारीले जानकारी दिए। कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो । कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आवश्यक पर्ने भएका कारण प्रतिष्ठानले प्लान्ट निर्माण गरेको जनाएको छ । कोरोनाका धेरैजसो गम्भीर बिरामीलाई अक्सिजन आवश्यक पर्ने हुँदा पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानकी उपकुलपति प्रा. डा.भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार