कांग्रेसको यातायात बिभागको लुम्बिनी प्रदेश संयोजकमा हमाल

Author Logo..
अनलाइन राप्ती २०७८ साउन ९ गते शनिवार

दाङ  :  नेपाली कांग्रेसले सुरेश हमाललाई यातायात विभागको लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं यातायात व्यवसायी समन्वय विभागका प्रमुख महेन्द्र यादवले लुम्बिनी प्रदेशको यातायात विभागको संयोजकमा हमाललाई जिम्मेवारी प्रदान गरेका हुन । झन्डै दुई दशकदेखि निरन्तर यातायात क्षेत्रमा क्रियाशील हमाल त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सल्लाहकार हुन ।त्यस्तै समन्वय विभागका प्रमुख यादवले लुम्बिनी सहित ७ वटै प्रदेशहरूमा पनि विभाग संयोजकहरू मनोनयन गरेका छन् । प्रदेश १ मा देवेन्द्रकुमार राई, प्रदेश २ मा ओमकृष्ण कार्की, बागमती प्रदेशमा योगेन्द्रनाथ कर्माचार्यलाई संयोजकको जिम्मेवारी तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशमा केदार पौडेल, कर्णाली प्रदेशमा रमेशकुमार सापकोटा र सुदूर पश्चिम प्रदेशमा विजयबहादुर स्वाँरलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार