बाँकेमा ४३ ग्राम ब्राउनसुगर सहित ३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ साउन ९ गते शनिवार


दाङ :  बाँकेमा प्रहरीले भारतीय २ जना नागरिक सहित ३ जनालाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला लखनउ  बस्ने २८ वर्षीय मुस्तकिम सिद्धिकी, भारत उत्तरप्रदेश जिल्ला बहराइच बस्ने २८ वर्षीय सलमान खान र नेपालगन्ज उपमहानगरपालिका ११ टाँगा स्टेसन बस्ने २२ वर्षीय आजाद कवडिय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूलाई शुक्रबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    नेपालगन्ज १२ कोरियनपुरमा लागू औषध ब्राउन सुगरको खरिद बिक्री कारोबार हुन लागेको भन्ने विशेष सूचना आधारमा जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज तथा लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले  उनीहरूलाई  ४३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै, प्रहरीले उनीहरूको  साथबाट ३ थान मोबाइल, Delhi crime national news paper लेखेको सलमान खानको नाममा रहेको प्रेस कार्ड थान १ र डिजिटल काटा (तराजु) १ थान फेला  पारी आवश्यक कारवाही एवं अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार