तुलसीपुर उद्योग वाणिज्य संघको अपिल

Author Logo..
विमल गौतम  २०७८ साउन ७ गते बिहिवार

दाङ : व्यवसायीहरूलाई माया एव सदभाव व्यक्त गरिदिन तुलसीपुर उद्योग वाणिज्य संघले अपिल गरेको छ । संघले सङ्कटको बेलामा व्यवसायीहरूलाई माया एव सदभाव सहित घर भाडा छुट दिन तथा बैक व्याजमा सहुलियत दिन आग्रह गरेको छ । लकडाउनका कारण लामो समय देखी व्यापार व्यवसाय बन्द भएका कारण व्यवसायीहरू घर भाडा तिर्न तथा चर्को बैक व्याज तिर्न सक्ने अवस्थामा नरहेको भन्दै घर भाडा छुट दिन घर धनिहरुलाई र बैक व्याजमा सहुलियत दिन बैकहरूलाई आग्रह गरेको हो ।  सघंका अध्यक्ष राम प्रसाद चालिसे र महासचिव विनिल केसीले बिहीबार एक विज्ञप्ति जारी गरि त्यस्तो आग्रह गरेका हुन । कोरोना भाइरसको दोस्रो लहरका कारण साना देखि ठूला सबै व्यवसायीहरू मारमा परेको भन्दै यस्तो सङ्कटको बेलामा घर भाडा छुट दिएर सहयोग गर्नू हुन घरधनीहरूमा र बैक व्याजमा सहुलियत दिनु हुन हामीले अनुरोध गर्दैछौ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा समस्या नहुदाँ आफूहरूले घर भाडाको विषयमा कहिल्यै नबोलेको भन्दै यति वेला आम व्यवसायीहरूको व्यापार व्यवसाय समेत नभएको हुँदा घर भाडा तिर्न सक्ने अवस्थामा नभएको हुँदा मानवीयताको नाताले समेत छुट दिनु पर्ने उल्लेख गरिएको छ ।

साथै घर भाडा छुट दिने घर धनीहरूले तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयमा जानकारी दिन समेत अनुरोध गरिएको छ ।  यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार श्रेष्ठ र पूर्व सल्लाहकार हमालले घर भाडा छुट दिने निर्णय गरेका छन । संघका सल्लाहकार अनुप कुमार श्रेष्ठ र पूर्व सल्लाहकार सुरेश हमालले एक महीनाको घर भाडा छुट दिने घोषणा गरेका छन् ।  त्यस्तै संघका अध्यक्ष रामप्रसाद चालिसेले लकडाउन अवधिको ३५ हजार घरभाडा छुट गरेका छन् । त्यस्तै दुर्गाबहादुर भण्डारीले पनि एक महिनाको घरभाडा छुट गरेका छन् ।  त्यसै गरि बरिष्ठ उपाध्यक्ष मीनराज भण्डारीले १८ हजार घरभाडा छुट गरेका छन् ।  त्यस्तै राष्ट्रिय समाचार समितिले गत वर्षको लकडाउन अवधि  मध्य २ महिनाको घरभाडा छुट भएको  कार्यालय प्रमुख नारायणी रजौरेले जानकारी दिइन । व्यवसायीहरूलाई माया एव सदभाव सहित घर भाडा छुट दिने सबैलाई आभार तथा धन्यवाद व्यक्त गरेको संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार