नेपालमा पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना पुष्टि, १६६७ संक्रमणमुक्त, २३ को मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ साउन ३ गते आइतवार

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ६ हजार ६२८ पीसीआर परीक्षणबाट १ हजार २२३ र ३ हजार जनाको एन्टिजेन परीक्षणबाट ५७८  जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २४ घण्टामा १ हजार ६६७ जना संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २३ जना संक्रमितले मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार  ५५० को संक्रमणका कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार