लुम्बिनी प्रदेशमा पूँजीगत खर्च सत प्रतिशत

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २ गते शनिवार

बुटवल  : लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ मा ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरेको दाबी गरेको छ । प्रदेश सरकारका आवधिक योजना , पूर्वाधार निर्माणका लक्ष्यहरु कार्यान्वयनमा उल्लेखनीय उपलब्धी हासिल भएकोले सरकारले सत प्रतिशत प्रगति गर्न सकेको प्रदेश सरकारले बताएको छ । केन्द्र सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा लुम्बिनी प्रदेश सरकारले पूँजीगत खर्चतर्फ करिब सत प्रतिशत खर्च गर्न सफल भएको छ ।प्रदेश सरकारको अनुसार ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको छ भने चालू खर्च तर्फ ७७ दशमलव ५६ प्रतिशत खर्च गरेको छ ।

औषतमा ८८ दशमलव ७६ प्रतिशत बजेट कार्यान्वयन गरी ईतिहास रचेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले दाबी गरेका छन् । आर्थिक बर्ष २०७७ / ०७८ मा पूँजीगततर्फ बिनियोजित रकम १८ अर्व ६१ करोड ९९ लाख ५२ हजारमध्ये १८ अर्व ५१ करोड २७ लाख २७ हजार ६ सय ८२ रुपैँया अर्थात ९९ दशमलव ४२ प्रतिशत खर्च भएको मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार