कोरोना सङ्क्रमणबाट दाङमा थप  एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ असार ३१ गते बिहिवार


दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा बुधबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका ३ का ५८ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनको साँझ करिब साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए ।  उनी यही असार २९ गते आइसीयुमा भर्ना भएका  थिए ।

उनलाई निमोनिया संगै श्वास प्रश्वासको समस्या र कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ८ जना कोरोना सङ्क्रमितहरू रहेको र उनीहरु आइसीयुमा उपचाररत रहेको समेत अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार