राष्ट्रिय युवा संघद्धारा युथ फोर्स व्युँतीएको घोषणा

Author Logo..
अनलाइन राप्ती २०७८ असार २९ गते मङ्गलवार

 

काठमाडौं :  नेकपा एमाले निकट राष्ट्रिय युवा संघले युथ फोर्स व्युँताएको छ । वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्ष पछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले आज युथ फोर्सलाई व्युँताएको हो । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संघ अध्यक्ष किरण पौडेलले युथ फोर्स व्युँतीएको घोषणा गरे। माओवादीको ज्यादतीको विरुद्धमा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा गठन गरिए युथफोर्स पुनः मुलुकको लागी आवश्यक परेको भन्दै व्युँताएको हो । युथफोर्स सिरानीमुनी राखेको खुकुरीको धार जस्तो भएको उल्लेख गर्दै मुलुकको विषम परिस्थितीमा युथफोर्स मुलुकको व्यवस्था बचाउन मेरुदण्डकै जस्तै काम गर्ने दाबी गरिएको छ ।

युथफोर्सले आगामी एक हप्ताभित्र नै देशभर कम्तिमा ५० हजार युवाहरु एकतावद्ध बनाई परिचालन गर्ने भएको छ । फोर्सको संयोजक संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेवेलाई जिम्मेवारी दिएको छ । त्यस्तै सहसंयोजमा संघकै उपाध्यक्ष पुष्प श्रेष्ठलाई जिम्मेवारी दिएको छ । थेवेको संयोजकत्ममा ५०१ केन्द्रीय कमाण्ड रहने संघले जनाएको छ । त्यस्तै युथ फोर्सले देशभर १७५ वटा निर्देशन कमाण्डिङ फोर्सं गठन गर्ने भएको छ । जसमा २५ वटा काठमाडौँ उपत्यकाभित्र रहनेछन् भने १५० वटा उपत्यका वाहिर रहने छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार