विकास डाँगी.
दाङ : दाङमा पछिल्लो समय धेरै ठाउँमा सिँचाइका लागि पोखरी निर्माण र लिफ्ट मार्फत पानी ल्याएपछि यहाँका किसानहरू धेरै खुशी भएका छन् । जिल्लामा अहिले ३९ हजार बढि हेक्टरमा धानखेती, २४ हजार बढि हेक्टरमा गहुँ र मकै १३ हजार बढि हेक्टरमा खेती हुदै आएको छ । तर, जिल्लामा पानीको समस्याका कारण यहाँका किसानहरूले धेरै समस्या भोग्दै आएका छन् । पछिल्लो समय जिल्लामा वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले विभिन्न ठाउँहरूमा कृत्रिम जलाशय, लिफ्ट सिँचाइ योजनाहरू शुरु भएपछि किसानहरू खुशी भएका छन् । तुलसीपुर १४ भोजपुरका किसान आनन्द नेपाली, तुलसीपुर बबई नदीको पानी बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले गाउँमा ल्याइ दिएपछि अहिले धेरै राम्रो भएको भएता उनले उक्त पानीले गाउँमा करिब ३० विगाह जमिनमा सिँचाइ पुगेको र पानीले गर्दा सधैभर खेतबारीमा खेती गर्न मिल्ने बताए । त्यस्तै त्यस्तै तुलसीपुर १८ मा दुधगजेरी जलाशय बनेपछि स्थानीय तथा ताल निर्माण समितिका अध्यक्ष शेषमणि कँवरले तालको पानीले करिब ४ सय घरपरिवारलाई सिँचाइ पुग्ने बताए । उनका अनुसार उक्त तालमा एक महिनालाई मात्र पानीको स्रोत नहुने र अन्य समयमा प्रशस्त हुने गर्दछ । उक्त ताललाई सिँचाइका लागि मात्र नभई आर्थिक आय आर्जन गर्नको लागि माछा पालन, पर्यटकीय स्थल बनाउनको लागि डुगां सञ्चालन, पार्क बनाउने योजना रहेको समेत उनले बताए । २ वर्ष अघि काम सुरु गरेको उक्त जलाशय निर्माण भएको छ ।
तर, सिँचाइका लागि अझै धेरै काम बाँकी छ । करिब २ लाख घनमिटर पानी अट्ने उक्त जलाशय १ करोड ८३ लाख लागतमा बन्दैछ । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं.२ र ४ मा पर्ने सरेसोतामा कृत्रिम जलाशय निर्माण भएपछि स्थानीय खुशी भएका छन् । सोही ठाउँका बल बहादुर विष्टले तालको पानीबाट अब सजिलै सिँचाइ गर्न मिल्ने भन्दै खेतीपाती गर्नको लागि सहज हुने बताए । उनले पानीको समस्याले गर्दा यहाँका किसानहरू सिँचाइबाट बञ्चित भएको अवस्थामा अब पानीको सहज भएपछि तरकारी खेती गर्न सकिने समेत बताए । त्यस्तै उनले तालको पानी सिँचाइको लागि मात्रा नभइ माछा पालन, पर्यटकीय क्षेत्र समेत बन्ने आशा व्यक्त गरे । त्यस्तै सोही ठाउँकी अर्की रिखा घर्तीले अब तालको पानीबाट थोरै जमिनमा पनि तरकारी खेती गर्न सकिने बताइन् । ‘ पानी अभावका कारण धेरै खेतियोग्य जमिनहरु बाजो भइरहेको अवस्थामा अव सबैमा विभिन्न खेती गर्न सकिने छ,’ उनले भनिन्,‘ जसका कारण हामीलाई आय आर्जन गर्न सहज हुने छ । ’ त्यस्तै तालहरुमा पनि धेरै दुर्घटनाहरु हुने भएकाले आफुहरुले ताल वरपर तारबार गर्न लागेको समेत बताइन् । उनले पहिले आकाशे पानीबाट मात्रै सिँचाइ हुने गरेको भन्दै अहिले जलाशय बन्दा वर्षभरि सिंचाईयुक्त जमिन भएको बताइन् । वर्षमा मुस्किलले २ बाली लाग्ने जग्गामा जलाशयले सिँचाइ भएपछि जे फलाउन पनि सकिने उनको भनाइ छ । उक्त जलाशयबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने र ३ लाख घनमिटर पानी अट्न सक्ने क्षमताको रहेको छ । २ करोडको लगानीमा रहेको छ । त्यस्तै तुलसीपुर १८ दुधरासका विष्णु प्रसाद खुलालले पिर्थली कुइरेसोता जलाशय बनेपछि सुख्खा बाँझोलाई सिँचाइ हुने समेत बताए । उनले अब स्थानीयले सिँचाइको सही उपयोग बनाएर जाने समेत बताए । उनले जलाशयलाई सिँचाइका लागि मात्रै नभई पर्यटकीय विकासका लागि पनि प्रयोग गर्न सकिने बताए । उनले तालको वरपर रहेको भागलाई पार्क बनाउने योजना रहेको समेत बताए । उक्त तालको पानीले १ सय २७ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने समेत उनको भनाइ छ । त्यस्तै केही समय पहिले निर्माण पूरा भएको घोराही उपमहानगरपालिका २ रामपुरमा रहेको चेपे तालमा बृहत सिँचाइ आयोजनाले ५ वटा लिफ्टिङ जडान गरेको छ । जसबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ भएको छ ।
८४ लाखको लागतमा ५ वटा लिफ्ट जडान भएको आयोजनाले जनाएको छ । जिल्लामा वृहत दाङ उपत्यका सिँचाइ आयोजना २०७३ सालमा स्थापना भएको हो । उक्त आयोजनाले १० वर्ष सम्म ५६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने योजना लिएको छ । हाल सम्म ३ हजार हेक्टरमा सिँचाइ पु¥याएको र योजनाले सिँचाइका लागि ५ वटा कार्य गर्दै आएको आयोजन तुलसीपुरका प्रमुख राजु आचार्यले बताए । उनका अनुसार आयोजनाले ५ वटा पक्षमा रहेर काम अघि बढाएको छ । ५ प्रकृतिका योजनाहरू निर्माण सम्पन्न गर्दै सिञ्चित क्षेत्र बढाइरहेको उनको भनाई छ । डाइभर्सन, पानी संकलनका लागि जलाशयहरू निर्माण, बबई करिडोर लिफ्ट सिँचाइ योजना, पुराना सिँचाइ योजनाको आधुनिकीकरण र पहाडी क्षेत्रमा मुल संरक्षण तथा पानी संकलन विधिसँग जोडिएका योजनाहरू निर्माण गरिरहेको प्रमुख आचार्यले बताए । आयोजना अन्तर्गत जिल्लाका विभिन्न स्थानमा १४ वटा जलाशय निर्माण भइसकेका छन् । ३० वटा प्रक्रियामा छन् । १२ वटा लिफ्ट सिँचाइ योजना, त्यस्तै पुराना योजनाको आधुनिकीकरण लगायतका योजनाहरू गरिराखिएको उनको भनाइ छ । ३ वर्षकोे अवधीमा भएका यी योजनामा अहिले जिल्लाको सबै क्षेत्रमा गरेर ३ हजार हेक्टर जमिनमा वर्षभरिको सिँचाइको व्यवस्थापन गरिएको उनले बताए । उनले अर्काे वर्ष जलाशयहरू पुरा हुने हुँदा १४ वटै जलाशयले सिँचाइ सुविधा दिने र सिञ्चित क्षेत्रफल बढ्ने समेत दाबी गरे । त्यस्तै आयोजनाले अहिलेसम्म सल्यानको शारदा नदीको पानी दाङ झार्ने गरी शारदा डाइभर्सनको पूर्व सम्भाब्यता अध्ययन पुरा गरिसकेको समेत उनले बताए । उनले ग्वारखोला उच्च बाँधको पूर्व सम्भाब्यता अध्ययन सम्पन्न र विस्तृत इन्जिनियरिङको सुरूवात गरेको, माडी दाङ डाइभर्सन सम्बन्धित अध्ययन भइरहेको समेत बताइ , उरहरी–जसपुर–डुरूवा सिँचाइ प्रणाली निर्माण कार्य सुरू, दाङ उपत्यकाको कृत्रिम जलाशयहरूको मास्टर प्लान तयार गरेको, २५ वडा डिप ट्युबेलको निर्माण कार्य अन्तिम चरणमा रहेको, १७ वटा प्रक्रियामा रहेको, १४ वटा माटोको कृत्रिम जलाशय निर्माण, ३० वटा जलाशय निर्माणको लागि पहिचान, बबई करिडोर अन्तर्गत विभिन्न २६ वटा लिफ्ट सिँचाइ निर्माण र किसान व्यवस्थित सतह सिँचाइ प्रणालीअन्तर्गत ३० किमि नहरको पुनस्र्थापन तथा सुधार गरिएको प्रमुख आचार्यले बताए । ३ हजार हेक्टर सिँचाइ सुविधाका लागि अहिलेसम्म आयोजनाले ४८ करोड ६१ लाख रूपैयाँ खर्च भइसकेको जनाएको छ । १० वर्षको कार्ययोजनासहित स्थापना भएको आयोजनाका लागि ४० अर्ब रूपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।