मानव सेवा आश्रमको अवलोकन

अनलाइन राप्ती | 7:57 PM

दाङ :  मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत तुलसीपुरमा सञ्चालित मानव सेवा आश्रमको पनि प्रमुख जिल्ला अधिकारीले स्थलगत अनुगमन गरेका छन् । सहयोगीहरूको मानो र मुठी सहयोगले चल्दै आएको सो आश्रममा सुत्केरी महिलादेखि मानसिक समस्या भएका सडक मानवहरु आश्रित थिए । त्यहाँ १९ जना सडक मानवहरू आश्रय लिइरहेका छन् । विदेशी नागरिकबाट सहयोग नलिने सो संस्थाले नेपालीहरूकै सहयोगबाट संस्था सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रदेश सरकारले त्यहाँ स्वास्थ्यकर्मी पनि खटाएको छ । ओषधि उपचार सहित सडक मानवलाई आवश्यकता अनुसार आश्रय दिने र सम्भव भएसम्म परिवारमा पुनर्स्थापन गर्ने कार्यक्रम रहेको आश्रम सञ्चालकलाई बताएका छन् । यसैबीच पमुख जिल्ला अधिकारी बुधबारै रक्षाचौरको राप्ती आँखा अस्पतालमा पुगे । पछिल्लो समयमा विकास भएको सूचना प्रविधि र मोबाइल फोनको अधिकतम प्रयोगको प्रसङ्ग उठाउँदै बालबालिकाहरू अहिले स्क्रिन लत लागेको भन्दै उनीहरूको आँखा स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । राप्ती आँखा अस्पताल तथा नवनिर्मित ओपीडी भवनको निरीक्षण तथा आँखा स्वास्थ्य सेवाको विषयमा छलफल समेत गरेका छन् । उनले अन्य अस्पताल भन्दा आँखा अस्पताल परिसरमा सरसफाइ देखि सबै व्यवस्थापन राम्रो भएको बताए । ‘अन्य अस्पताल त यस्तो देखिन त ? आँखा अस्पताल भर होला आँखाले देख्ने सबै सफा छ –उनले भने । ’

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले विभिन्न कारणले पछिल्लो समयमा बालबालिकाहरूले सानै उमेरमा आँखा कम देख्ने समस्या आएको बताए ।‘सानै उमेरमा बालबालिका कम देख्ने समस्या आएको छ, यो किन भयो यसको न्यूनिकरणमा आँखा अस्पताल लाग्नु पर्छ उनले भने ।  त्यसैगरी उनले गैरनाफा मुखी सेवामुलक आँखा अस्पतालको विकासमा स्थानीय सरकारले पनि सहयोग गर्नु पर्ने बताए ।  ‘ अस्पतालको भौतिक तथा अन्य विकासका लागि स्थानीय प्रदेश सरकारहरूले विशेष सहयोग गर्नुपर्छ हामीहरु त नियम कार्यान्वयन गराउने हौं उनले भने । ’ उनले जनतालाई छिटो छरितो र गुणस्तरीय सेवा दिन तर्फ सबै लाग्नुपर्ने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले आफूहरूले यहाँ रहेका स्वास्थ्य संस्थाको विकासका लागि आफूहरूले सहयोग गरि रहेको बताइन् ।

‘यहाँका आँखा अस्पताल, स्वास्थ्य संस्थाहरूको विकासका लागि हामीहरूले सहयोग गरिरहेका छौ आगामी दिनमा पनि सहयोग मिल्ने छ उनले भनिन् । कार्यक्रममा ा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संघले विभिन्न दातृनिकाय, स्थानीय प्रदेश सरकारको समन्वयमा अस्पतालको भौतिक विकासका साथै सर्वसुल्भ सेवा दिएको बताएका थिए । कार्यक्रममा संघका  सचिव तथा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेन्द्र खड्काले संघले आँखा स्वास्थ्य सेवालाई जनस्तर सम्म पु¥याउन सबै संग सहकार्य गरेको बताएका थिए । चिफमेडिकल डाईरेक्टर डा  सुलक्ष्मी  कटुवालले हाल अस्पतालले दिदै आएको सेवा र थप सेवाको विषयमा जानकारी गराएकी थिइन । त्यस्तै अस्पतालका प्रशासक किरण पौडेलले हाल सम्म अस्पतालले दिएका सेवाहरु अस्पतालको भावि योजना तथा अस्पतालले सञ्चालन गरेका आँखा स्वास्थ्य सेवाको विषयमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्