दाङमा बाघको छाला सहित २ जनालाई पक्राउ

अनलाइन राप्ती | 1:58 PM


दाङ :   दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु बाघको छाला सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय राम बहादुर दमाइ र  रुकुम पश्चिम मुसीकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पूर्ण सिह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधबार बिहान करिब साढे ३ बजेतिर दाङ घोराही उपमहानगरपालिका ३ गोग्लीमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरु शंकास्पद अवस्थामा  हिँडिरहेको फेला पारी नियमित चेकिङमा खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्दा सिमेन्टको बोराभित्र टाटेपाटे बाघको छाला फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पुच्छर देखि टाउकोसम्म ५ फिट २ इन्च लम्बाइ र छातिको भागको चौडाइ १ फिट ४ इन्च  भएको  नङ्ग्रा र जुँगा  सहितको  छाला फेला परेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्