बकर इदका अवसरमा नगर प्रमुख पाण्डेद्धारा शुभकामना

अनलाइन राप्ती | 9:35 AM

दाङ :  तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ( इदुल जोहा) को अवसरमा सम्पूर्ण मुसलमान समुदायमा शुभ कामना दिएका छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ( इदुल जोहा ) को अवसरमा नगर प्रमुख पाण्डे द्धारा जारी शुभकामना सन्देशमा भनिएको छ “विभिन्न जातजाति, धर्म, संस्कृतिले नै नेपालीलाई एकताको सूत्रमा गाँसेको छ ।

सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभुषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन सहयोग गरोस् । बकर इदको पावन अवसरमा समस्त दिदीबहिनी दाजुभाइहरूमा हार्दिक मुबारक तथा शुभकामना व्यक्त गर्दछु ।”  कोभिड महामारी अझै कायम रहेकाले यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगता र सुरिक्षत का साथ मनाउन नगर प्रमुख पाण्डेले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्