बाँकेमा ब्राउन सुगर र श्रोत नखुलेको ५ लाख बढि  रकम सहित  २ जना पक्राउ

अनलाइन राप्ती | 10:15 PM


दाङ :  बाँकेमा प्रहरीले  लागूऔषध ब्राउन सुगर र श्रोत नखुलेको ५ लाख बढि  रकम सहित  २ जना ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका १५ बस्ने ६१ वर्षीय गुन्नु कबडिया र सोही ठाउँका १८ वर्षीय राहुल कबडिया रहेको  जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मंगलबार दिउँसो सवा ४ बजेतिर बजेको नेपालगन्ज  ११ ठटेरियन टोल स्थित लागू औषधको कारोबार भइ रहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्ज र लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार  प्रहरी टोलीले उनीहरु बसेको घर कोठाबाट २ ग्राम १०० मिली ग्राम ब्राउन सुगर र  श्रोत नखुलेको ५ लाख १५ हजार ५०० रुपैयाँ फेला पारेको थियो । उनीहरु माथि  आवश्यक कारवाही एवं अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्