देशभर २४ घण्टामा ३१०८ संक्रमित थपिए, १५९५ जना संक्रमणमुक्त, २५ जनाको मृत्यु

अनलाइन राप्ती | 4:54 PM

काठमाडौँ :  देशभर पछिल्लो २४ घण्टामा ३ हजार बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ जनाको स्वाब परीक्षण गर्दा ३ हजार १०८ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको छन् । मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्