दाङमा यस पटक करिब  ४० हजार हेक्टरमा धानखेती

अनलाइन राप्ती | 3:52 PM


दाङ : दाङमा यस पटक गत वर्षको भन्दा करिब ३ हजार हेक्टर बढिमा धान खेती भएको छ ।  प्रविधि, सिँचाइ र लकडाउनले गर्दा युवाहरू घर मै  रहेकाले  जिल्लामा बर्सेनी खेती गर्ने क्षेत्र बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र  दाङका अनुसार गत वर्ष ३७ हजार हेक्टरमा धान खेती भएको थियो, भने  यस पटक ३९ हजार ६ सय हेक्टरमा धान खेती भएको छ । जिल्लामा हाल सम्म ९८ प्रतिशत ठाउँमा धान रोपाइ सकिएको केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार कृषकहरूले विभिन्न उन्नत तथा स्थानीय  जातको धानहरु लगाएका छन् । गत वर्षको तुलनामा यस पटक करिब २८ सय हेक्टर बढिमा धान खेती भएको उनको भनाइ छ ।    जिल्लाका देउखुरी क्षेत्रमा सत प्रतिशत धान खेती भइसकेको र अन्य ठाउँमा स्थानीय जातको हुन बाँकी रहेको समेत उनले बताए ।  सिँचाइ प्राप्त भएको ठाउँमा यो खेती हुने गर्दछ । त्यस्तै जिल्लामा गत वर्षको तुलनामा यस खेतीमा समेत बढेको छ । गत वर्ष १२ हजार ६३० हेक्टरमा भएकोमा यस पटक १३ हजार ११५ हेक्टरमा मैका खेती भएको उनले बताए । पौडेलका अनुसार जिल्लाका सबै क्षेत्रमा मैक खेती गरिएको छ । अहिले केही ठाउँमा हावाहुरी र फौजी किराको समस्या देखिएको समेत उनले बताए । गत  वर्ष  मकै खेतीमा फौजी कीरा र सलहले क्षति गरेको भएता पनि यस वर्ष त्यस्तो नरहेको  उनको भनाइ छ  ।  

यस्तै बसन्ते मकै राम्रो उत्पादन भएको भएता पनि हिउँदे मकैमा केही समस्या भएता पनि कृषकहरूले समस्याको समाधान गरेको समेत उनले बताए ।  साथै, बर्सेनी  कृषि क्षेत्र बढ्दै जानुमा युवाहरू  लकडाउनका  कारण घर मै  बस्नु र  गत वर्षको तुलनामा यस  वर्ष समय मै पानी तथा मलको अभाव नहुदाँ पनि खेती बढेको हुनसक्ने उनको  ठम्याइ छ ।  जिल्लाका विभिन्न स्थानहरूमा मकै जोन कार्यक्रम मात्र नभइ तोरी  जोन, स्मार्ट कृषि गाउँ जस्ता कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ । जिल्लामा पानीको  समस्या कारणले गर्दा धेरै जमिनहरु बाजो हुँदै गएको अवस्था रहेको थियो । तर, पछिल्लो समय  कृत्रिम जलाशय,  लिफ्ट सिँचाइ, पक्की कुलोले गर्दा पानीको सहज भएपछि खेती गर्न  सजिलो भएको छ । त्यस्तै जिल्लामा २४ हजार ३९६ हेक्टरमा  गहु खेती हुने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्