कोभिड विरुद्ध शान्तिनगरमा जनचेतना 

अनलाइन राप्ती | 12:46 PM


दाङ :   दाङको शान्तिनगरमा कोभिड १९ विरुद्ध जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरिएको छ । शान्तिनगरका सबै वडामा बस्तीस्तर   मै पुगेर विभिन्न शैलीमा जनचेतना फैलाइएको हो । 
मधेश मानव अधिकार गृह ( माहुरी होम ) को आयोजनामा पर्चा, पम्पलेट, माइकिङ गर्ने कार्य गरिएको थियो । कोभिडको महामारी अहिलेसम्म नियन्त्रण हुन नसकेको अवस्थामा शान्तिनगरमा यस्तो कार्यक्रम गरिएको हो ।  जनचेतना फैलाउने कार्यमा स्थानीय जनप्रतिनिधि, प्रहरी, माहुरी होमका कर्मचारीहरूको सहभागिता रहेको थियो । हिंसाजस्ता कार्य नियन्त्रण र मानवअधिकारको सवालमा क्रियाशील रहँदै आएको माहुरी होमले पछिल्लो समयमा कोभिड १९ का विरुद्ध विभिन्न क्रियाकलाप गर्दै आएको छ । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय खिलतपुर, प्रहरी चौकी चिराघाट, स्थानीय जनप्रतिनिधि, माहुरी होमका सामाजिक परिचालक कल्पना खड्काको सहभागिता रहेको थियो । कोभिड विरुद्ध अन्य कार्यक्रमलाई समेत निरन्तरता दिने सामाजिक परिचालक खड्काले जानकारी दिए ।     

प्रतिक्रिया दिनुहोस्