तुलसीपुरका व्यापारीलाई खोपको व्यवस्था गर्न चेम्बरको माग 

अनलाइन राप्ती | 6:44 PM

 


दाङ :  तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरका सबै व्यापारीलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । सोमबार चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीको समयमा प्रति व्यापारीले  दैनिक दर्जनौँ ग्राहकहरूसँग कारोबार गर्ने भएकाले व्यापारी र  ग्राहक पनि जोखिममा पर्ने भएकाले तत्काल खोपको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।  कोभिडको समयमा जोखिम मोलेर तुलसीपुर क्षेत्रका व्यापारीले सर्वसाधारण नागरिकलाई सेवा पुर्याएकोले कुनै कन्जुस्याँइ नगर्न बैठकले माग गरेको छ ।

यसैगरी बैठकले लुम्बिनी चेम्बरको लुम्बिनी प्रदेशको सदस्यका लागि युवा व्यवसायी पदम पोख्रेल (जेठुकान्छु) लाई सिफारिस गर्ने निर्णय गरेको छ, भने कोरोना महामारीका बेला कोभिड प्रभावितहरूलाई राहत उपलब्ध गराउने चेम्बरका महासचिव प्रेम प्रकाश गिरीलाई धन्यवाद दिने निर्णय गरेको छ ।  बैठकमा चेम्बरका सल्लाहकार द्वय तेजविक्रम घर्ती, बलिराम खत्री,  उपाध्यक्ष वेणु अधिकारी, भागवत कमला पुरी, युवराज नेपाली लगायतले चेम्बरलाई अझै सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड  दिए ।  सो अवसरमा कोषाध्यक्ष सन्तोष खड्काले आर्थिक प्रतिवेदन पेश गरेका थिए,  भने कार्यक्रमको सहजीकरण सचिव ऋषिराज भण्डारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्