बबईका १५ जना मुक्त कम्लहरीलाई बङ्गुरका पाठा बितरण

अनलाइन राप्ती | 4:58 PM


 दाङ :  बबई गाउँपालिकामा रहेका १५ जना मुक्त कम्लहरीलाई बङ्गुरका पाठा – पाठी बितरण गरिएको छ ।  गाउँपालिकामा रहेका मुक्त कम्लहरीलाई आयआर्जनसँग जोड्नका लागि  प्रतिव्यक्ति २/२ वटाका दरले ३० वटा बङ्गुरका पाठा बितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा उनीहरूलाई बङ्गुरका पाठा बितरण गरेको हो । आर्थिक अवस्थालाई सुधार गर्न र उनीहरूका परिवारलाई आयआर्जनसँग जोड्न बङ्गुरका पाठा बितरण गरेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।
पाठा बितरण अघि गाउँपालिका अध्यक्ष  पौडेलले मुक्त कम्लहरीलाई आयआर्जनसँग जोड्न बङ्गुरका पाठा बितरण गर्न लागेको जानकारी दिए ।

अरुको घरमा बसेका मुक्त कम्लहरीलाई सहज जीवन बिताउन र आर्थिक रुपमा सक्षम बनाउन बङ्गुरका पाठा दिइएको उनले बताए ।  गाउँपालिकामा १५ जना मुक्त कम्लहरी रहेका छन् । बङ्गुरका पाठा प्राप्त गरेपछि मुक्त कम्लहरीले खुशी व्यक्त गरेका छन् । स्थानीय सरकारले आफ्नो आर्थिक अवस्था सुधार गर्न बङ्गुरका पाठा बितरण गरेको भन्दै राज्यको लगानी खेर जान नदिने मुक्त कम्लहरी पुष्पा चौधरीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्