नेपालमा २४७४ जनामा कोरोना पुष्टि,२५१८ कोरोनामुक्त,२४ जनाको मृत्यु

अनलाइन राप्ती | 5:41 PM

काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार २३२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। साथै २ हजार ५१८ जना कोरोनामुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार ९१८ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्