काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखी पूर्ण बदली रहने छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। अहिले प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । शनिवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ। आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।