कोरोना विरुद्धको खोप नपाउँदा कानुन व्यवसायीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

Author Logo..
अनलाइन राप्ती २०७८ असार ११ गते शुक्रवार

दाङ :  दाङमा कानुन व्यवसायीले कोरोना विरुद्ध खोपको व्यवस्था नहुँदा सम्म न्याय सम्पादन गर्न नसक्ने बताएका छन् । न्याय सम्पादनको अग्रपङ्क्तिमा खटिने राज्यको तेस्रो अंगको रुपमा रहेको कानुन व्यवसायी प्रति राज्य उदासिन बनेको भन्दै उनीहरूले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका छन् । उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) लाई खोपको व्यवस्था गर्नु भनी परामादेश भएपनि अहिलेसम्म मागप्रति कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ । उच्च इकाई बार इकाई तुलसीपुरका अध्यक्ष रबिन्द्र कुमार धिताल र जिल्ला बार इकाई दाङका अध्यक्ष शिव प्रसाद घिमिरेले संयुक्त रुपमा विज्ञप्ति जारी गरी कोरोनाको जोखिम कायमै रहेको अवस्थामा बन्दा बन्दीको बिचमा उच्च अदालत तुलसीपुर र जिल्ला अदालत घोराहीमा बन्दी प्रत्यक्षीकरण थुनछेक र कोरोना सम्बन्धी मुद्दाबाहेक अन्य मुद्दामा न्याय सम्पादन गर्न नसकिने स्पष्ट पारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार