प्युठानमा पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ असार ७ गते सोमवार

दाङ : प्युठानमा पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झिमरुक गाउँपालिका ६ तोरवाङ निवासी बसन्त बहादुर केसीका २ वर्षीय छोरा यमन केसी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । सोमवार बिहान करिब ८ बजेतिर आफ्नै घर देखी करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबी बालक घाइते भएका थिए । उनलाई उपचारको लागी जिल्ला अस्पताल बिजुवार ल्याएका र उपचारको क्रममा करिब बिहान सवा ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । साथै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार