काठमाडौं : अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिई कोरोना भाइरसविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालेको एकल इजलासले पत्रकारहरुलाई प्राथमिकता दिई कोरोनाविरुद्धको खोप लगाउन व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता लिलानाथ घिमिरेले पत्रकारहरुलाई खोप प्रदान गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । आदेशमा पहिलो खोप लगाएका पत्रकारहरुलाई दोश्रो डोज र पहिलो खोप पनि नलगाएकालाई पनि खोपको व्यवस्था मिलाउन उल्लेख गरिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस