तुलसीपुरमा हाल १६६ जना सक्रिय संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७८ असार ३ गते बिहिवार


दाङ :  तुलसीपुर उपमहानगरका दोस्रो चरणको कोरोना लहरबाट गत बैशाख १ गतेदेखि हाल सम्म ८० जना ( ५० पुरुष र ३० महिला ) को मृत्यु भएको छ ।  उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार  दोस्रो चरणमा ३ हजार २६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ति मध्य ३ हजार १५ जनाले कोरोना जितेका छन् । त्यस्तै अहिले उपमहानगरमा १६६ जना ( ७९ पुरुष र ८७ महिला ) रहेको उनले जानकारी दिए । त्यसैगरी तुलसीपुर उपमहानगरले सञ्चालन गरेको मेट्रो अस्पतालमा हाल ६ जना ( ३ जना पुरुष र ३ जना महिला ) रहेको समेत उनले जानकारी दिए । अस्पतालमा हाल सम्म १२९ जना कोरोना सङ्क्रमितहरू  भर्ना भएको र ति मध्य ५८ जना निको भएको फोकल पर्सन केसीले जानकारी दिए । त्यस्तै ५ जनाको मृत्यु भएको र ३३ जनालाई रिफर गरिएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार