आदिवासी जनजातिको माग स्थानीय भाषा र संस्कृति संरक्षणमा जोड

Author Logo..
अनलाइन राप्ती २०७८ असार २ गते बुधवार

दाङ :   तुलसीपुर क्षेत्रका आदिवासी जनजातिहरूले आफ्नो भाषा र संस्कृति संरक्षणमा जोड दिनु पर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम ल्याउनु अघि तुलसीपुर क्षेत्रमा छरिएर रहेका उनीहरूलाई बोलाएर राय र सुझाव संकलन गरेको हो ।   सो अवसरमा सहभागीहरूले गुरुङ होमस्टे निर्माण, पञ्चेबाजा, भाषा, धार्म, संकृति, मठमन्दिर संरक्षणमा जोड दिएका थिए । त्यसैगरी उनीहरूले मुर्चुङगा, बाँसुरी, झ्याली, सनाई, दमाहा, ट्यामकुली, नर्सिङ्गा ढोल र लोक नृत्य तर्फ सोरठी, भूमे, घाटु नाँचको संरक्षणमा पनि जोडदिनु पर्ने उनीहरूले जोड दिए ।    सामाजिक विकास समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा भएको छलफलमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया शर्मा, नेवार समाजका नरेशराज भण्डारी, मोहन गुरुङ, मानबहादुर गुरुङ, दलबहादुर गुरुङ, छोटीलाल चौधरी, पण्डित खगेन्द्र बस्याल लगायतले बोलेका थिए थियो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार