राप्ती नदिमा फसेका ४ जनाको उद्धार

Author Logo..
अनलाइन राप्ती २०७८ असार २ गते बुधवार


 दाङ :   दाङको राप्ती नदीमा आएको बाढीका कारण फसेका ४ जनाको सकुशल उद्धार गरिएको छ  । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेला घाटमा फसेका ४ जनालाई उद्धार गरेको हो । भैँसी चराउन  गएको बेला  लमही नगरपालिका ७ हसनापुरका ४८ वर्षीय मन्साराम चौधरी, राजपुर गाउँपालिका २ की ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधेश्याम यादव र राजपुर गाउँपालिका ३ प्रतापपुरका ३२ वर्षीय गणेश यादव बाढीका कारण झण्डै १२ घण्टा नदिको टापुमा बसेका थिए । उनीहरूलाई बुधवार बिहान उद्धार  गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।‘भैँसी चराउन गएको बेला राप्तीमा बाढी बढ्यो। त्यसपछि उनीहरु फर्कन सकेनन् । लगत्तै उद्धारको प्रयास सुरु भयो’, उनले भने, ‘राति १ बजेसम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्धार गरिएको हो  । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार