दाङमा लकडाउन असार ८ गतेसम्म, सरकारी कार्यालय आंशिक खुल्ने 

Author Logo..
अनलाइन राप्ती २०७८ असार १ गते मङ्गलवार

 

 

दाङ : दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिको सोमबार  घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।  बैठकले व्यवसाय बिहान ६ बजेदेखि १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखि १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ । त्यस्तै होटेल व्यवसायीले प्याकिङ गरेर खाना नास्ता बिक्री बितरण गर्ने पनि निर्णय गरेको छ ।  बैंक तथा वित्तीय संस्थालाई दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथावत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार