तुलसीपुर मेट्रोलाई राप्ती आँखा अस्पतालको सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ३० गते आइतवार


 दाङ : राप्ती आँखा अस्पताल तुलसीपुर दाङले तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीले नगर प्रमुख घनश्याम पाण्डेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड महामारी नियन्त्रण र यसको व्यवस्थापनका लागि कोरोना आइसोलेसन सञ्चालन भएको तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको संघका अध्यक्ष गिरीले बताए । सो अवसरमा नगर प्रमुख पाण्डेले विपत्तिको बेला सहयोग गर्ने संघसंस्थाहरू सँधै जनताको मनमनमा बस्ने बताउँदै सहयोगका लागि धन्यवाद दिए ।
एन.ए.वी.पी नर्वेको सहयोगमा राप्ती आँखा अस्पतालले सर्जिकल मास्क ७ हजार थान, अक्सिजन कन्सट्रेटर एक थान, सेनिटाइजर २० लिटर, ग्लोभ्स १० प्याकेट, र पिपी ३० थान उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार