कृष्ण अधिकारी
दाङ : दाङ तुलसीपुर उपमहानगरपालिका २ खैरीपुर निवासी घरवास विहीन दलबहादुर बिकको घर बनाउन सोही ठाउँमा रहेको भाग्य लक्ष्मी क्रसर उद्योग प्रालिले एक ट्रेक्टर गिट्टी सहयोग गरेको छ । प्रालिका प्रबन्धक चेतकान्त आचार्यले आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता जनाएको स्थानीय मदन बिक (मुस्कान)ले बताए। दलबहादुरको आर्थिक अवस्था कमजोर हुँदा उनी घरवास विहीन भएका छन् । घरमा अन्य कमाउन सदस्य कोही पनि नभएकोले घर बन्न सकेको छैन । उनको अहिले घर बनाउनका लागि आर्थिक संकलन समेत सुरु भएको विकल बताए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस