दाङ : जिल्लामा बिहीबार ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला कोभिड व्यवस्थापन (डिसिसिएमसी) दाङका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १२० जनाको पिसिआर परीक्षण गर्दा २० जना महिला र २४ जना पुरुषमा ४४ मा कोरोना पुष्टि भएको छ । त्यस्तै जिल्लामा गत बैशाख महिना देखि हाल सम्म ७ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य अहिले ४४६ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् । ति मध्य १०५ जना अस्पताल तथा आइसोलेसन सेन्टरमा र ३४१ जना होम आइसोलेसन रहेको समितिले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३० जनाले कोरोना जितेका छन् । घोराहीका ५१, लमहीका ३८, तुलसीपुर १४, दंगीशरण ७, शान्तिनगर ६, राप्ती र बबई ५÷५, गढवा ३ र राजपुरका १ जनाले कोरोनालाई जितेको हुन् । जिल्लामा हाल सम्म ६ हजार ८५८ जनाले कोरोना जितेका छन् । त्यस्तै जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ५ का ७५ वर्षीय पुरुष रहेका छन् । उनको दंगीशरणको आइसोलेसन सेन्टरमा बिहीबार दिउँसो २ बजे मृत्यु भएको थियो । दोस्रो चरणको कोरोना लहर सँगै जिल्लामा हाल सम्म १९१ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।